loading...
एजेन्सी । के ५ वर्षकी बच्चीले स्वस्थ बच्चा जन्माउन सम्भव छ ? कसैले पत्याउनै नसक्ने कुरालाई पुष्टी नै गरेर देखाएकी छिन् पेरुकी लिना मदिनाले ।
जसले मात्र पाँच वर्ष र सात महिनामा एक स्वस्थ छोरालाई जन्माएकी थिइन् । यो घटना चिकित्सा विज्ञानका लागि आजसम्म पनि एक रहस्य नै बनेको छ । विज्ञानलाई चकित बनाउने यो घटनामा बालीकाले स्वस्थ बच्चा जन्माउन सफल भए पनि उनलाई बलात्कार गर्ने पुरुष को थियो भन्ने कुरा अहिलेसम्म रहस्यकै गर्भमा छ ।
पेरुको तिक्रापोमा सन् १९३३ को सेप्टेम्बर २७ मा जन्मेकी लिना सुनार परिवारकी हुन् । उनका बुवा टिबुरेलो मदिना र आमा भिक्टोरिया लोसिया हुन् । लिना जब पाँच वर्षकी थिइन् तब उनको पेट अस्वभाविक रुपमा बढ्न थाल्यो जसका कारण उनका आमा–बुवा चिन्तित भए । चुकी तिक्रापो एक ग्रामिण इलाका थियो त्यसकारण उनीहरु त्यहाँको स्थानीय मान्यता अनुसार एक स्थानीय झारफुक गर्ने व्यक्तिसँग परामर्श लिन गए । थुप्रै झारफुक र अनुष्ठानपश्चात् पनि केही फाइदा भएन । उनको पेटको आकार निरन्तर बढि नै रह्यो । डाक्टरहरुले यसबारे थप उपचार गर्दा उनको महिनावारी उनी आठ महिना हुँदादेखि नै सुरु भएको पत्ता लगाएपछि उनको अप्रेशन गरेर बच्चा निकालियो ।
तर बच्चाको बाबुको को हुन् भन्ने पत्ता नलागेपछि यो घटनाले अहिलेसम्म सबैलाई चकित पार्दै आएको छ । लिना गर्भवती भएको पत्ता लाग्ने बित्तिकै उनका बुवालाई बलात्कारको आशंकामा पक्राउ गरियो । तर पछि प्रमाण अभाव भएपछि उनलाई छोडियो । त्यसपछि उनका ११ वर्षीय मन्दबुद्धि भाइलाई पनि पक्राउ गरियो उनलाई पनि प्रमाणको अभावमा छोडिएको अन्तराष्ट्रिय मिडियाले जनाएको छ ।
loading...